काठमाडौं । स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने प्रक्रिया अगाडी बढ्ने भएको छ । ललितपुर महानगरपालिकाले स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने निर्देशन दिएको हो । महानगरपालिकाले सूचना जारी गर्दै नहटाए महानगर आफैँले जफत गर्ने चेतावनीसमेत दिएको छ ।
महानगरपालिकाका अनुसार महानगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघ, संस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नुपूर्व महानगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८० मा व्यवस्था छ ।
‘त्यसैले महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्ड राख्नु हुन सूचित गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचारहरु:
गगन थापाको ‘संवाद यात्रा’ पुनः शुरु हुने
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
उपसभामुख रानाले भनिन्ः हरेक तहमा महिलाको प्रतिनिधित्व समान हुनुपर्छ
बिकासको काम अघि बढाउदा वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्छ -अध्यक्ष केपी...
स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित छ -अध्यक्ष केपी शर्मा
गठबन्धनले अग्रता लिँदै