काठमाडौं । स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने प्रक्रिया अगाडी बढ्ने भएको छ । ललितपुर महानगरपालिकाले स्वीकृतिविना राखिएका तथा नवीकरण प्रक्रिया नगरी बाँकी रहेका बोर्ड हटाउने निर्देशन दिएको हो । महानगरपालिकाले सूचना जारी गर्दै नहटाए महानगर आफैँले जफत गर्ने चेतावनीसमेत दिएको छ ।
महानगरपालिकाका अनुसार महानगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघ, संस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नुपूर्व महानगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८० मा व्यवस्था छ ।
‘त्यसैले महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्ड राख्नु हुन सूचित गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचारहरु:
निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालय आघि धर्ना दिएका छन्
सजिना लामिछानेः संघर्ष र सफलताको प्रेरणादायक यात्रा
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
जसपा विभाजनः माधव नेपालले बोलाए संसदीय दलको बैठक
निर्वाचन आयोगको पत्रकार सम्मेलन LIVE