काठमाडौँ । विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गरेका छन् । आइतबार उनले २९ औं पटक सगरमाथाकाे सफल आरोहण गरेका छन् ।
उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७:२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।
पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईपीहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहणका लागि गएका थिए । ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय रहेकाे बनाएका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts