वीरगन्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
वीरगन्ज भन्सार कार्यालयले रु १४ करोड ८७ लाखको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको जनाएको छ । गत वर्ष कोभिड महामारीले आन्तरिक व्यापार र यातायातमा गिरावट आएको थियो। चालू आर्थिक वर्ष सङ्क्रमण दरमा कमी आएपछि इन्धनको आयात बढेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए । इन्धन आयातमा भएको बृद्धिले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए । चालु आर्थिक वर्षको आठ महिनामा राजस्व रु. वीरगन्ज व्यापारिक मार्गबाट नेपालका लागि इन्धन आयातबाट ३५ अर्ब ८३ करोड सङ्कलन भएको छ ।
सम्बन्धित समाचारहरु:
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमणमा
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
कर्जा बिस्तारलाई सहयोग पुग्नेगरी सन्तुलित मौद्रिक नीति आयोः बैंकर्सहरु
सुनको मूल्यमा सामान्य गिरावट
राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु
बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउँदा हुन्छ अथाह फाइदा