
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका अभिभावक घाइते भएका छन् । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का चार महिने बालक लोसाङ तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा बालिकाका २२ वर्षीय बुवा बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । नवजात शिशुको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो । घाइते दम्पती उपचारपछि घर फर्किएका छन् । source -RSS