अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन – अर्थमन्त्री जनार्दन शर्मा

सारांश :

अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले हालसम्म उपलब्ध विवरणका आधारमा मुलुकको अर्थतन्त्रमा ठूलो सङ्कट नआएको दावी गरेका हुन् । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने भन्दै व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको तर्क गर्नुभयो । अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाउदै यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताएका छन् ।

त्यस्तै उनले अर्थतन्त्रलाई नियमित बनाउने सरकारको ध्यान केन्द्रीत भएको बताए । अहिले निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । उनले आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको र नेतृत्व प्रदान गरेको धारणा राखे । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

मन्त्री शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताएका छन् । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको र छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख पनि गरे ।

अर्थमन्त्री शर्माले विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको जानकारी दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!