जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन: उद्योगमन्त्री भण्डारी

सारांश :

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।

उनले भने, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”

देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए । उनले भने, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!