कर्णाली पुलमा भिषण आगलागी

सारांश :

काठमाडौं । आज सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भिषण आगलागी भएको छ ।

पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको गुडिरहेको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो फैलिएको छ ।

एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन । 


समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!