स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौ छाड्ने सर्वसाधारणको काठमाडौंको बिभिन्न नाकाहरुमा भीड लागेको छ ।
बैंशाख ३० गते हुने निर्वाचनमा मतदान गर्नका लागि उपत्यकाबाहिर जाने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका छाड्नेहरुले सहज रुपमा सवारी साधन नपाएको गुनासो गरेका छन् । गाडी र यात्रुको चापका कारण बिभिन्न नाकामा ट्राफिक जाम भएको छ । निर्वाचनका लागि सर्वसाधारणहरुलाई सम्बन्धित दल र उम्मेदवारले गाडीको समेत व्यवस्था गरिदिएका छन् । निर्वाचनका लागि उपत्यका छाड्नेको संख्या बिहीबार झन बढ्न सक्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधा...
दुर्घटनामा परे गायक प्रमोद खरेल
आज देशका केही प्रदेशमा पानी पर्ने सम्भावना
गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि....
आज विजया दशमी मनाइँदै, शुभ साइत बिहान ११ः३६ बजे
पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द