काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिइन् ।
सम्बन्धित समाचारहरु:
सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने
सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ: सांसद शाही
प्रतिनिधिसभाकाे बैठक आज बस्दै, यस्तो छ कार्यसूची
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउ...
प्रतिनिधिसभाको बैठक आज बस्दै
घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा हुने