काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिइन् ।
सम्बन्धित समाचारहरु:
सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा
लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ ...
पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन हुँदैनः प्रकाशशरण महत
राष्ट्रपतिका आर्थिक विज्ञ डा.नेपालद्धारा राजीनामा
सञ्चारमन्त्री शर्माले भनिन् : आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्...