निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटाइने

सारांश :

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ ।

आयोगले मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । त्यस्तै निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्न सकिने आयोगले जनाएको छ । आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । त्यस्तै उहाले केहि मन्त्रीहरुले मात्र आयोगको स्वीकृती लिएर जिल्लामा गएको भन्दै स्वीकृति नलिइ गएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधिने बताए ।

बैंशाख ३० गते स्थानीय तहको निर्वाचन मुलुकभर एकैपटक हुदैछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!