काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा थियो ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १७ पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts