सुनको मूल्यमा सामान्य गिरावट

सारांश :

काठमाडाैं ।  विगत दुई सातायता  नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको भए पनि आज भने केही घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो भने बुधबार ५०० रुपैंयाँ बढेकाे थियाे ।

बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । याे बुधबारकै मूल्य हाे ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकाले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायी बताउँछन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!