संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास गर्दैनन् -अध्यक्ष माधव कुमार नेपाल

सारांश :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताएका छन् ।

मंगलबार ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद बिघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । उनले प्रतिगामी तत्व नेकपा एमाले र केपी ओली भएकाले चूनावमा भोट माग्ने अधिकार नराख्ने तर्क गरे । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेकाले चर्चा गर्नुपर्ने अवस्था नरहेको भन्दै अब कलम चिन्ह चम्किने दावी गरे । सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरुलाई ‘सूर्य’ चिन्ह्रमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका छन् । त्यसपछि उनले सरी भन्दै ‘सूर्य’लाई अस्वीकार गरेर बानि नै बसेको बताएका थिए ।

उनले महालक्ष्मी नगरमा गठबन्धनबीच तामलेम गर्ने प्रयास गरेपनि सफल हुन नसकेको बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!