परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।
मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास नगर्नेबताएका हुन् । उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासंग भोट माग्ने अधिकार नभएको जिकिर गरेका छन् । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताएका छन् ।
उनले अबको निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित भएको दावी गरेका छन् ।
सम्बन्धित समाचारहरु:
उपलब्द जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्छ -अध्यक्ष पुष्पकमल दाहाल
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम
रुकुम पश्चिमका भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा
हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल
सिर्जना सिंहद्वारा महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक
कञ्चनपुर र दाङमा चटयाङ लागेर तीन जनाको मृत्यु