पाकिस्तानको प्रदर्शन नियन्त्रण गर्न सेना परिचालन हुने

सारांश :

काठमाडौँ । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई मङ्गलवार पक्राउ गरेपछि बढेको प्रदर्शनहरूलाई नियन्त्रण गर्न पाकिस्तानले सेना परिचालन गर्ने भएको छ।


पाकिस्तान सरकारले बुधवार सेना परिचालनको लागि आग्रह गरेको पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । सन २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री भएका इमरान खानलाई राजकीय उपहार बिक्री गरेको आरोप लागेको छ। उनी कम्तीमा १० दिन थुनामा रहने उनका कानुन व्यवसायीले मिडियालाई बताएका छन् ।

७० वर्षका खान गत वर्ष संसदबाट विश्वासको मत नपाएर अपदस्त भएका थिए। सदन विघटन गरेका खानलाई पाकिस्तानी अदालतले अपदस्त गरेको थियो ।

मङ्गलवारको पक्राउपछि पाकिस्तानको पन्जाब प्रान्तमा प्रदर्शनहरू तीव्र भएको छ। पन्जाब खानको गृह प्रान्त हो।

खानको पाकिस्तान तरेक इ इन्साब (पीटीआइ)का उपाध्यक्ष फावद चौधरीलाई बुधवार इस्लामावादबाट पक्राउ गरेको छ। खान पनि इस्लामावादमै थुनामा छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!