काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिए ।
‘यही बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौँ, पौडेलले भनेका छन, ‘जनबर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचारहरु:
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग नेपालकाे आग्रह
जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ
अध्यक्ष नेपालले भने : संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ
नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै ईद
आज देशका केही प्रदेशमा पानी पर्ने सम्भावना
सगरमाथा क्षेत्र भ्रमणको क्रममा कोरियाली नागरिकको लडेर ज्यान गयो