भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता

सारांश :

काठमाडौं : काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ । ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ ।

“ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो,” विमानस्थल स्रोतले भन्यो ।

जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत जनाएकाे छ ।बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!