उपराष्ट्रपति यादवले भनेः जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ

सारांश :

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ,नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका हुन् ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चूनौति प्रति गम्भीर हुनुपर्ने उनले बताए । उनले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।

उपराष्ट्रपति यादवले वनको दिगो विकासका चुनौतिहरूलाई अवसरका रुपमा परिणत गर्नका लागि सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!