काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसंग सम्बन्ध बिभिन्न निकायहरुको सहभागीतामा विमानस्थल संकटकालिन योजना अनुसार गरिने बिभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात बिमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । सो क्रममा एउटा खप्तड एयरलाईन्सको एउटा काल्पनीक बिमान दुर्घटना भएको थियो । त्यस लगतै विमानस्थलमा रहेका बारुणयन्त्रहरुले विमानमा लागेको आगो नियन्त्रणमा लिदै सुरक्षाकर्मीहरुले घाइतेहरुको उद्दार गरेका थिए ।
सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरुबीचको आपसी समन्वय, भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने उदेश्यका साथ अभ्यास गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता एवं अप्रेशन बिभागका निर्देशक सुवाश झाले जानकारी दिए ।
विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उनले बताए ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts