‘बोक्सीको घर’ आगामी जेठको दोश्रो साता रिलिज हुने

सारांश :

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला चलचित्र निर्मात्री भएकी छिन् । यसअघि नायिकाको रुपमा काम गर्दै आएकी उनले निर्माण गरेको चलचित्र ’बोक्सीको घर’ आगामी जेठको दोश्रो साता रिलिज हुने जनाइएको छ ।

अधिकारीले नाटक ‘बोक्सीको घर’लाई चलचित्रको रुपमा निर्माण गरेकी हुन् । यो नाटकलाई ८ वर्ष अघि सुलक्षण भारतीको निर्देशनमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । त्यतिबेला यो नाटकमा कलाकार सरिता गिरीले एकल अभिनय गरेकी थिईन् । यो नाटकमा उनले सात वटा भूमिका एक्लै निर्वाह गरेकी थिईन् ।

त्यही नाटकलाई सुलक्षणकै निर्देशनमा यतिबेला चलचित्र निर्माण गरिएको छ । चलिचत्रको मुख्य नायिका र निर्माताको रुपमा केकी अधिकारी रहेकी छिन् । चलचित्रबाट केकी नेपाली रजतपटमा निर्माताको रुपमा समेत प्रस्तुत भएकी छिन् । पछिल्लो समय नाटकलाई फिल्म बनाउने क्रम बढेको बेला केकीले पनि बोक्सीको घर नाटकलाई चलचित्रको रुपमा निर्माण गरेकी हुन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!