सुनको मूल्य बढ्यो, हालसम्मकै नयाँ रेकर्ड कायम

सारांश :

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज आइतबार तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

गत मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तर बढिरहेको हो । मंगलबार, बुधबार र बिहीबार तीन दिन निरन्तर बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको पुग्दा शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

आज तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्यसँगै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आइतबारको कारोबार भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । नेपाली बजारमा आज तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँ पुगेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!