सुनको मूल्य आज पनि बढ्याे

सारांश :

काठमाडौँ ।  विगत दुई सातायता  नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो ।

बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकाले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायी बताउँछन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!