काठमाडौँ । हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज सूर्योदय बिहान ६ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।
सम्बन्धित समाचारहरु:
उद्योगमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय
नितिनको निर्देशन रहेको ‘पिरिम लाम’ लोकप्रिय बन्दै
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ ...
सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल
बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा
समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...