नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् ।
नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन् । नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उहाको आरोप छ । नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली काग्रेसको नेतृत्वमा तिन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरेका छन् । थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउदै जसलाई जहा भेटिन्छ त्यहा गठबन्धन गरेको आरोप लगाए ।
उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सम्बन्धित समाचारहरु:
नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेट
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
कराँची विश्वविद्यालयमा विस्फोट
‘काठमाडौँवासीलाई घटस्थापना अघि नै मेलम्चीको पानी’