
सभामुख अग्निप्रसाद सापकोटाले सरकार र नीजि क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरुलाई पनि सम्बादमार्फत समाधान गर्नुपर्ने उहाको भनाइ छ । त्यस्तै उहाले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
आज सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको दायित्व हो : रवि लामिछाने
प्रतिनिधिसभाकाे बैठक आज बस्दै, यस्तो छ कार्यसूची
आजकाे माैसम : तीन वटा प्रदेशमा बिहानैदेखि वर्षा
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड