
लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिका बारेमा सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
स्वावलम्बन विकास केन्द्रले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने जानकारी दिएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट ८ सय जना सहभागी हुने केन्द्रले जनाएको छ । पत्रकार सम्मेलनमा सम्मेलन केन्द्रका अध्यक्ष एवं आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।उनले ग्राहक सदस्यहरुलाई सरल र सुलभ सेवा दिनका लागि सम्मेलनले प्रेरित गर्ने उल्लेख गरे ।
हाल मुलुकभर करिव ७९ लघुवित्त र १५० सहकारीले ७७ जिल्ला पुगेर सेवा प्रभाव गरिरहेको केन्द्रले जनाएको छ । लघुवित्त क्षेत्रबाट ४ सय ३० अर्व बढी कर्जा लगानी रहेको छ भने तीन बर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरिएको पनि केन्द्रले जानकारी दिएको छ ।