
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दावी समेत गरे । उनले एमालेमा बिद्रोह गर्न नसकेका केहि नेताको अवस्था बिजोग गरेको टिप्पणी गरेका छन् ।
त्यस्तै नेपालले आफु एमालेमा रहदा निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरु कसैले लिन खोजेको बताएका छन् । अहिले आफुहरुलाई अरुको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनको भनाई छ ।
उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमान्दारीपूर्वक जनतामाफ जान सुझाव दिएका छन् ।