नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन् ।
पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उहाले बताए । आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन उनले माधव नेपाललाई चूनौति दिएका छन् ।
त्यस्तै उनले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको वास्तबिक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने धारणा रखेका छन् ।
उनले एमाले सरकारले नै कोरोना उपचारका लागि प्रयाप्त पूर्वाधार तयार रहेको बताएका छन् ।