कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

सारांश :

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको  शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!