रातको समयमा फल खाँदा हुन सक्छ एसिडिटी !

सारांश :

के तपाईलाई पनि रातको समयमा फलफूल खाने बानी छ । राती स्याउ तथा अन्य फलफूल खानु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक मानिन्छ । तर
रातमा यस्ता फल खाँदा हुन सक्छ तपाईलाई एसिडिटीको समसया ।
हो… आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनका लागि धेरैजसो मानिसहरुले फल खान मन पराउँछन् । तर हरेक फललाई खाने सही समय हुन्छ जसको ध्यान नदिँदा शरीरसँग जोडिएका कैयौं समस्याहरु उन्पन्न हुन सक्छन् ।

आज हामी यहाँ साँझको समयमा खाँदा स्वास्थ्यमा खराबी गर्न सक्ने खालका फलफूलहरुका बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

स्याउ खानु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक मानिन्छ । तर रातको समयमा स्याउ खानबाट बच्नुपर्छ । यसले तपाईंलाई एसिडिटीको समस्या हुन सक्छ ।

सुन्तला पनि रातको समयमा खानबाट बच्नुपर्छ । यो अमिलो फल मानिन्छ जसमा भिटामिन सी र फाइबर हुन्छ । साथमा यसलाई रातमा खाँदा ग्यासको समस्या हुन सक्ने सम्भावना हुन्छ ।

अंगुर पनि रातको समयमा खानु हुँदैन । यसमा अम्लीय पदार्थ हुन्छ जसलाई रातमा खाँदा एसिडिटीको समस्या हुन सक्छ ।

खरबुजा पनि दिउँसोको समयमा खानु फाइदाजनक मानिन्छ । किनकी यसमा धेरै मात्रामा पानी हुन्छ जसलाई साँझमा खाँदा पेट फुल्ने समस्या हुन सक्छ ।

अम्बालाई पनि चिसो फलको रुपमा मानिन्छ । त्यसैले यसलाई पनि साँझको समयमा खानबाट बच्नुपर्छ ।

केरा त्यस्तो फल हो जो बुढाबुढी तथा बालबालिकालाई अत्यधिक मन पर्छ । यो खानमा जति सजिलो हुन्छ त्यति नै फाइदाजनक पनि हुन्छ । तर साँझमा खाँदा यसले चिसो हुने सम्भावना हुन्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!