नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन

सारांश :

नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपाका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका हुन् ।

असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेकपा बहुमतका संयोजक बास्तोलाले पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्न बाध्य भएको र नेकपा (बहुमत) गठन गर्नुपरेको जानकारी दिएका छन् ।

एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको उनले बताए । बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको र पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको जानकारी दिए ।

यसअघि पार्टी नेतृत्वसंग असन्तुष्टि जनाउदै बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । भेलाले नेकपा (बहुमत) नाममा पार्टीको पुनर्गठन गरेको बास्तोलाले जानकारी दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!