काठमाडाैं । सुनकाे मूल्यले आज पनि नयाँ रेकर्ड बनाएकाे छ । आज सुन प्रतिताेला १ सय रुपैयाँले बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
साेमबार तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत तीन सातामा सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।

Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts