नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताएका छन् ।
आईतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताए । पोखरेलले राष्ट्रिय राजनीतिमा दुई वटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नु पर्ने बताएका छन् । गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उनले बताए । त्यस्तै पोखरेलले एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले दावी गरेका छन् । पोखरेलले प्रतिगामी सोच भएका, देशको चुच्चे नंक्सालाई वुच्याउने, समानता नचाहनेसँगको एमालेको लडाईं भएकाले, यो अभियानमा साथसहयोग दिन सबै जनतालाई अपिल समेत गरेका छन् ।
नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै उहाले अहिले एमालेविरुद्ध सबै शक्ति एक भएका कारण एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् ।