राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिने बताएका छन् ।
आइतबार ललितपुरको मंगलबजारमा राप्रपाले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले अहिले नै ठूला भनिएका पार्टी र नेता सुध्रने अवस्था नदेखिएको समेत बताए । यसअघि पनि नेताहरुलाइ सुध्रन आफुले सुझाव दिएपनि उल्टै आफुमाथि नै उनीहरु खनिएको तर्क गरेका छन् । देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । बिकास र सुशासन लगाएतका राप्रपाले अघि सारेको मुद्धाहरु कुनै दलका लागि नभएर मुलुकका लागि भएको उनले बताएका छन् ।
उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने यात्रामा साथ दिन आग्रह गरेका छन् ।
सम्बन्धित समाचारहरु:
अन्तरलिङ्गीबारे जनचेतना बढाउन आग्रह
कात्तिक कृष्ण त्रयोदशीः तिहारकाे पहिलाे दिन आज काग तिहार
Covid-19: बेइजिङले सहरका केही भागहरूमा सार्वजनिक यातायात तत्काल बन्द
स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए
तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधावृृद्धिको माग गर्दै संसद कर्मचारीद्धारा आ...
सरकारले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेको आइस्पानको आरोप