राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिने बताएका छन् ।
आइतबार ललितपुरको मंगलबजारमा राप्रपाले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले अहिले नै ठूला भनिएका पार्टी र नेता सुध्रने अवस्था नदेखिएको समेत बताए । यसअघि पनि नेताहरुलाइ सुध्रन आफुले सुझाव दिएपनि उल्टै आफुमाथि नै उनीहरु खनिएको तर्क गरेका छन् । देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । बिकास र सुशासन लगाएतका राप्रपाले अघि सारेको मुद्धाहरु कुनै दलका लागि नभएर मुलुकका लागि भएको उनले बताएका छन् ।
उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने यात्रामा साथ दिन आग्रह गरेका छन् ।
सम्बन्धित समाचारहरु:
दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
स्कार्पियो दुर्घटनाबाट ६ जनाको ज्यान लिने फरार सवारी चालक पक्राउ
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने
निर्वाचनका कारण सुनसान सडक
‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’ : गृहमन्त्री