सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोशियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहने छ । प्रतियोगितामा शुक्र बहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापा र रबि खड्का लगायतले प्रतिस्पर्धा गर्ने छन् । विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने एसोशियसनले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
ओलीले दिए प्रचण्डलाई यस्तो जवाफः आफूहरुले हतियार नचलाए बिसाउन लगाउन आउँछ
स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न
भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ