राजनीतिमा कलाकारहरुको प्रवेश

सारांश :

काठमाडौँ -कलाकारहरु राजनीति प्रवेश गर्ने क्रम जारी छ । पुराना नेपाली कलाकारहरु पनि बिदेशिएका छन् । नेपालमा राम्रो रोजगारको खोजीमा रहेका जनताहरु पनि परदेशिएका छन् । सरकार पनि मौनमा बसेको छ जनता पनि चुपचाप बसेका छन् ।हरेक दिन बस्तुहरुको भाउ दोब्बरले बढेको छ । नेपाली सिनेमाको व्यापार पनि उठ्न सकेको छैन ।कलाकारहरु भटाभट पार्टी प्रवेशमा जुटेका छन् । नेपाली चर्चित नायिका करिस्मा मानन्धर एमालेमा हुमिएकी छिन् । अहिले फेरी नाम चलेका अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

चलचित्रबाट राम्रो कमाई हुन्छ तर पनि कलाकारहरु राजनीतिमा प्रवेश गरेका छन् तर आहिलेको समयमा नेपाली चलचित्र निखारिना सकेको छैन । चर्चित र्‍यापर बालेन शाहदेखि लेखक गनेस पौडेलसम्मले आगामी स्थानीय तहको चुनावमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी उठेका छन् । त्येस्तै अभिनेत्री करिस्मा मानन्धरले कुनै फाइदाको लागि नभई देश र जनताको हितको लागि प्रवेश गरेको बताएकी छिन् उनले आफ्नो नुवारणको नाम सूर्जेकुमारी रहेकाले उनि एमालेमा भित्रिएको बताएकी छिन् । त्येस्तै अर्की अभिनेत्री रेखा थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् उनले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी छिन् । आफुले राजनीति बुझेदेखि नै आफुलाई मन पर्ने नेता कमल थापा रहेको र सधै रहेरहने बताएकी छिन् । अस्ति भएको गठबन्दन सभामा हास्य कलाकार सन्दीप छेत्रीले आफु कुनै पार्टीको नभएर पनि रेणु दाहालको प्रसंसा गरेका थिए त्येसैले उनि आहिले विवादमा तानिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!