झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार

सारांश :

झापा । मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन । व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाली सर्वसाधारणले ठूलो सङ्ख्यामा निजी बन्दुक राखेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए । उनका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको पाइएको छ ।

“सुरक्षा चुनौती विश्लेषण गरेर मात्र जिल्ला प्रशासन कार्यालयले व्यक्तिलाई हातहतियार राख्न इजाजत दिने गर्दछ । खरखजना ऐन, २०१९ र नियमावली २०२८ ले सर्वसाधारणले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने व्यवस्था गरेको छ”, प्रजिअ बाँस्तोलाले भने ।

यसरी राखिएका हतियार जथाभावी चलाउन र सार्वजनिक रुपमा प्रदर्शन गर्न नपाइने उनको भनाइ छ । पाँच वर्षसम्म नवीकरण नभएका हतियारको इजाजतपत्र रद्द गरी जफत गर्न सकिने कानुनी व्यवस्था रहेको प्रजिअ बाँस्तोलाले जानकारी दिए । 

झापामा इजाजत लिएर हतियार राख्ने सर्वसाधारणले नियमित रुपमा कानुनबमोजिम नवीकरण गरेका नगरेका भन्दै चालु आवमा एक सय ३० जनाले मात्र इजाजतपत्र नवीकरण गरेका उनले जानकारी दिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षाकर्मीले बोकेको अर्धस्वचालित हतियार सर्वोच्च अदालत परिसरभित्र बरामद भएपछि निजी हतियारको इजाजतसम्बन्धी जनचासो बढेको छ । उक्त घटनापछि प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रको छानबिन भएको छभने देशैभरिका प्रशासन कार्यालयले हतियारको इजाजतलाई व्यवस्थित बनाएका छन् । साथै त्यस्ता हतियारको अभिलेख राख्ने र इजाजतको पुनरावलोकन गर्ने कार्य भइरहेको जनाइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!