खान सवार कार धादिङमा दुर्घटना

सारांश :

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार कार धादिङमा दुर्घटना भएको छ ।

खान सवार कार बर्दिया जाने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । उनको मलेखुमा रहेको धादिङ जिल्ला राजमार्ग अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले खान सवार कारमा को-को थिए भन्नेबारे बुझ्ने प्रयास भइरहेको र खानको अवस्था भने खतरामुक्त रहेको जानकारी दिएका छन् ।

काठमाण्डौ ल्याएर थप उपचार र परीक्षण भएपछि उनको अवस्थाबारे थप भन्न सकिने गिरीको भनाइ छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!