वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ ।
मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।
नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो । मतदानमा महिला, पुरुष, अशक्त लगाएतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो । त्यस्तै मतदानका क्रममा हुनसक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो ।
सम्बन्धित समाचारहरु:
निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरे अनुसार आएन - अध्यक्ष माधवकुमार नेपा...
दूध उत्पादक किसानलाई तीन करोड अनुदान
उद्योगपति श्रवणकुमार अग्रवालको निधन
संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न काँग्रेस माग
सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल
बागमती प्रदेशमा बहादुर सिंह लामाले आजै मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गर्ने