काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।
आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा–१ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts