गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ – नेता रामचन्द्र पौडेल

सारांश :

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजित सत्तागठबन्धनको चूनावी सभालाई सम्बोधन गर्दै पौडेलले गठबन्धनलाई कमजोर पारेर अस्थिरतालाई बलियो बनाउने प्रयास भइरहेको भन्दै राजनीतिक स्थिरताकै लागि गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताए । उनले संविधानलाई बचाउनका लागि गठबन्धन बनेको जिकिर गरेका छन् । एउटा पार्टीले अर्काको चुनाव चिह्नमा छाप लगाउन पाइदैन भनेर भनिरहेको अवस्थामा संकीर्णता समातेर नभई संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुपर्ने उनले बताए । पौडेलले देशभर नै गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनका लागि एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन नै नहुने संदेहकाबीच स्थानीय तह निर्वाचन गराएर गठबन्धनले हिम्मत गरेको बताएका छन् । उनले जनमोर्चा कांग्रेससँग मिलेर सिध्धियो भनेर प्रचार गरिएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको स्पष्ट परेका छन् ।

कार्यक्रममा सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको धारणा राखेका छन् । उनले महानगर प्रमुखमा निर्वाचित भए सुशासन र भ्रष्टाचार मुक्त शहर निर्माण गर्ने आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । त्यस्तै सत्तारुढ गठबन्धनबाटै काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरुको जित सुनिश्चित भएको दावी गरेका छन् । महानगरमा फोहोरको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनलाई मत नहाल्ने कांग्रेसी नै नहुने तर्क गरे । उनले गठबन्धनविरुद्ध भ्रमण फैलाइरहेको आरोप पनि लगाएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!