केन्यामा १० लाखभन्दा बढी वाह्य आप्रवासी : आईओएम

सारांश :

एजेन्सी ।  केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेको  इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले जनाएको छ ।

आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले बिहीबार केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तरराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेको बताए ।

उनका अनुसार केन्यामा सबैभन्दा धेरै आप्रवासीहरू सोमालिया, युगान्डा, दक्षिण सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका रहेका छन् ।

संयुक्त राष्ट्रसंघ आप्रवासी एजेन्सीका अधिकारीले बताए अनुसार केन्या प्रवेश गर्ने अन्तर्राष्ट्रिय आप्रवासीहरू राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण सृजित नकारात्मक प्रभावबाट पीडित रहेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!