एजेन्सी । केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेको इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले जनाएको छ ।
आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले बिहीबार केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तरराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेको बताए ।
उनका अनुसार केन्यामा सबैभन्दा धेरै आप्रवासीहरू सोमालिया, युगान्डा, दक्षिण सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका रहेका छन् ।
संयुक्त राष्ट्रसंघ आप्रवासी एजेन्सीका अधिकारीले बताए अनुसार केन्या प्रवेश गर्ने अन्तर्राष्ट्रिय आप्रवासीहरू राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण सृजित नकारात्मक प्रभावबाट पीडित रहेका छन् ।
सम्बन्धित समाचारहरु:
भारतको दूध उत्पादन विश्वमा सबैभन्दा बढी, गहुँ र चामलभन्दा पनि बढी : प्रधानमन्त्र...
साठी लाख अफगानीलाई सहायता वितरण
रफाहमा आक्रमणको तयारी गर्दैछौँ : इजरायली प्रधानमन्त्री
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो : डा.तोसिमा कार्की
तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु