एजेन्सी । केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेको इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले जनाएको छ ।
आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले बिहीबार केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तरराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेको बताए ।
उनका अनुसार केन्यामा सबैभन्दा धेरै आप्रवासीहरू सोमालिया, युगान्डा, दक्षिण सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका रहेका छन् ।
संयुक्त राष्ट्रसंघ आप्रवासी एजेन्सीका अधिकारीले बताए अनुसार केन्या प्रवेश गर्ने अन्तर्राष्ट्रिय आप्रवासीहरू राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण सृजित नकारात्मक प्रभावबाट पीडित रहेका छन् ।
सम्बन्धित समाचारहरु:
इजरायली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो
द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर