काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो ।
त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएकाे छ ।
एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुनेछ ।
सम्बन्धित समाचारहरु:
आज लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
रवि लामिछानेले भनेः रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति गर्दैन्
वाग्लेले भने : विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ
आजदेखि जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान
एकीकृत समाजवादीका केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित