आज महाशिवरात्री, कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुस् राशिफल

सारांश :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नसोचेको ठाउँको भ्रमण हुने योग छ । लगानी गर्ने समय आएको छ । शिक्षा क्षेत्रमा उन्नति हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्धमा भने खटपट हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

यात्रा राम्रो हुनेछ । मिठो भोजन मिल्नेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन राम्रो छ । समाज र देशको भलाइ गर्ने समय छ । आजको लगानीले उन्नती हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइ पर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुन सक्छ सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनु पर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । बोलीमा सरस्वतीको बास छ । विवेक पुर्याएर बोल्नु पर्नेछ । माया गरेको धन प्राप्त हुनेछ । साथीबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगानीको क्षेत्रबाट फाइदा हुनेछ । खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ । विरोध गर्ने साथी शान्त हुनेछन् । राम्रो कामको थालनी गर्नुपर्ने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शिक्षामा सफल, स्वास्थ्यमा लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ । सञ्चित धन खर्च हुनेछ । आफूभन्दा ठूलाको साथ रहने योग छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!