काठमाडौं : राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।
काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो।

सम्बन्धित समाचारहरु:
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह सुरु
कात्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु, काग तिहार भने भाेलि
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक छैन -अध्यक्ष केप...
विवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र...
सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाने